२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

शिक्षकको परीक्षामा ९२ प्रतिशत फेल

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- शिक्षा सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी शिक्षण अनुमतिपत्रको परीक्षामा सहभागी ६६ हजार ५६२ मध्ये ६२ हजार ८८० जना अनुत्तीर्ण भए । अर्थात् भावी शिक्षकमध्ये जम्मा ५।८३ प्रतिशतले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरे ।

    प्रदेश २ र कर्णाली प्रदेशमा त उत्तीर्ण दर ३ प्रतिशत हाराहारी मात्र छ । प्रदेश २ मा १० हजार ६८९ मध्ये ३४९ र कर्णालीमा १२ हजार ७० मध्ये ३७० जनाले न्यूनतम पास मार्क ल्याए ।

    संघीय राजधानी रहेको वाग्मती प्रदेशमा पनि करिब ८ प्रतिशतले मात्रै शिक्षक लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन् ।

    निम्न माध्यमिक र माध्यमिक तहको अवस्था पनि योभन्दा फरक छैन । निमावि शिक्षक अनुमतिपत्रको परीक्षामा सहभागी एक लाख एक हजार ९८४ मध्ये पाँचहजार ७०८ ९५।६ प्रतिशत० मात्र उत्तीर्ण भए ।

    मावि शिक्षक लाइसेन्सतर्फ ५६ हजार २५७ मध्ये आठहजार ३८८ जना पास भएका छन् । मावि र निमावि शिक्षक बन्न विषयगत परीक्षा दिनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस