२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २२ पुग्यो

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमान्डौँ । नेपालमा कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । यो संगै कोरोना भाइरसका कारण मृतकको संख्या २२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि ४६ वर्षीय पुरुष कैलालीकै नवजीवन अस्पतालमा भर्ना भएका थिए । गएको जेठ ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उहाँको असार ३ गते बेलुकी निधन भएको हो ।

    प्रतिक्रिया दिनुहोस