२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

टिचिङका डा. भण्डारीले गाए प्रधानमन्त्रीको गीत

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित गीत एक कलेजो प्रत्यारोपण चिकित्सकले गाएका छन्। टिचिङ अस्पताल महाराजगंजका कलेजो प्रत्यारोपण चिकित्सक डा। रमेश सिंह भण्डारीले सो गीत गाएका हुन्। प्रधानमन्त्रले गत वैसाखमा रचेको सो गीत बुधावर साँझ युट्युवमार्फत सार्वजनिक गरेका हुन्। प्रधामन्त्री शर्माले रचेको गीत ‘बन्छ नमूना नेपाल’ गीत आफ्नै कम्पजोजमा गाएका हन्।

    खेर जान्न नदी नाला

    बाँझा हुन्नन् खेत

    नाङ्गा हुन्न्न डाँडापाखा

    यो उर्वर सुन्दर देश

    बन्छ नमूना नेपाल

    यस अघि नै सो गीत नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा संङ्गीत विभाग प्रमुख अशोक कुमार राईको सङ्गीतमा सञ्जय तुम्रोक,दुर्गा परियार र श्रेयसी समेले स्वर भरिसकेका छन्। तर डा.भण्डारीले सो गीतलाई छुट्टै लययमा प्रस्तुत् गरेका हुन्।

    प्रधानमन्त्री एपेन्डिक्सको शल्यक्रिया डा। भण्डारीको समूहले गरेको थियो। सो क्रममा डा।भण्डारीले प्रधानमन्त्रीलाई हेरचाह गर्थे, गीत आफैले गाएको मोबाइलमा रेकर्ड भएका गीतहरु सुनाउँथे। ओलीले ती गीतहरु चाख मानेर सुन्थे। ‘मैले सोध्दा गीत मन पर्यो भन्नु हुन्थ्यो’ उनले भने। सोही क्रममा ओलीले मैले पनि गीत वेलाबखत रच्छु भन्नु भएको थियो। मेरो गीत पनि गाउनु होला भन्नु भएको थियो। गत वैसाखमा प्रधानमन्त्रीका रचनाहरु क्रमशः प्रकाशित भएको डा.भण्डारीले थाहा पाए।

    फुर्सदको बेला गीत गाउन र खेलकुदमा रुचि राख्ने डा।भण्डारीले व्यस्त कामकाजकै वीचमा प्रधानमन्त्रीको गीत आफै कम्पोज रेकर्ड गरे र एक पटक प्रधानमन्त्रीलाई सुनाए। प्रधानमन्त्रीले मन पर्यो भनेपछि भण्डारीले बुधवार सार्वजनिक गरेका हुन्। यस अघि कभर सङ (अरुको गीत) गाएर रेकर्ड गरेपनि फुर्सद निकालेरै संगीत तथा स्वर भरेको डा. भण्डारीको पहिलो गीत हो। यो गीतको शब्द सरल र भाव सवैलाई समेट्ने,विवाद उत्पन नगर्ने खालको भएकोले यो गीत छनौट गरेको भण्डारीले बताए।

    प्रतिक्रिया दिनुहोस