२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नविल बैंककाे ३४ प्रतिशत लाभांश

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं–  नविल बैंकको वार्षिक साधारणसभाले ३४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ। बैंकको साधारणसभाले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो। बैंकको लाभांश पारित भएसँगै १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ८ सय ४८ रुपैयाँ चुक्ता पूँजी पुग्ने छ। त्यस्तै, बैंकले ११ अर्ब अधिकृत पूँजी पुर्‍याउने विशेष प्रस्ताव पनि पारित गरेको छ। साधारण सभामा शेयरधनीले शाखा विस्तारसँगै आफ्नै पूँजीबाट बैंकलाई बलियो बनाउनु सुझाव दिएका थिए। त्यस्तै शेयरधनीले बैंकले नगद लाभांशभन्दा बोनस शेयरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

    प्रतिक्रिया दिनुहोस