२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

साम्राज्ञीकाे फिल्म अनुभव–‘काम गर्दा निकै नराम्रो अनुभव भोगियाे’

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले अहिलेसम्म ८ वटा चलचित्रमा काम गरेको र यसमध्ये ३ वटा चलचित्रमा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी छिन् । उनले, आफूले सबै कुरा भन्न नसक्ने पनि बताएकी छिन् ।

    सामाजिक संजाल इन्स्टाग्राममा भिडियो मार्फत आफ्नो मनको कुरा शेयर गर्दै साम्राज्ञीले भनिन्–‘मैले १७ बर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यू गरेँ । त्यतीबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो । हरेक चलचित्रको प्रमोशनमा पुग्दा मलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । यसले मलाई दिक्क बनाउथ्यो ।’ साम्राज्ञीले सो समयमा नै आफ्ना धेरै ट्रोलहरु बनेको पनि बताएकी छिन् ।

    साम्राज्ञीले काम गरेका प्राय ब्यानरमा उनी दोहोरिएकी छैनन् । यस बिषयमा ‘ड्रिम्स’ डेब्यू नायिका भन्छिन्–‘म नदोहोरिनुको कारण उहाँहरुले मलाई गर्ने व्यवहार नै हो । एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइदैन यहाँ । कैयौ पटक ह्यारेसमेन्ट भएको छ । तर, यी सबै कुरालाई सामान्य जस्तो सोचेर अनुहारमा खुशी देखाएर काम गर्नुपथ्र्यो ।’

    साम्राज्ञीले समयमै खाना, पानी उपलब्ध नहुँदा यो बिषयमा बोल्दा समेत अपशब्द प्रयोग भएको बताएकी छिन् । उनले, आफूलाई यस्तो बिषयमा बोल्दा निकै नै नराम्रो व्यवहार भएको भन्दै धेरै बेर रोएर फेरि केही नभएजस्तो गरेर काममा फर्किएको अनुभव पनि सुनाएकी छिन् ।
    साम्राज्ञीले आफूलाई कामको सम्मान रहेको पनि बताएकी छिन् । साम्राज्ञीले चलचित्र क्षेत्रमा भोगेका भोगाइको बिषयमा आफूलाई केही निर्देशकले बोल्न हुदैन भनेर भनेको पनि बताएकी छिन् ।

    साम्राज्ञीले एक जना निर्देशकको रुष्ट व्यवहारको बिषयमा आफूले सुनेको तर त्यस्तो हुनुहुन्न होला भनेर काम गरेको बताउँदै भनिन्–‘तर, मैले काम गरेपछि सबै सोचाइहरु टुटेर गए । मेकरहरु यस्तो बिषयमा बोल्न हुन्न भन्नुहुन्छ । तर, यस्तो बिषय बाहिर नआओस् भनेर सोच्ने मेकरले कलाकारलाई सम्मान गर्न पनि सिक्नुपर्छ ।’     @Onlinekhabar.com

    प्रतिक्रिया दिनुहोस