२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

आयुर्वेद अनुसार साउनमा के खाने, के नखाने ?

Thumbnail
  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • आयुर्वेदमा शरीरलाई स्वस्थ राख्नका लागि खानापान सम्बन्धि केही नियम बनाइएको छ । यस नियम अन्र्तगत बर्षभरको हरेक महिनामा के खाने वा के नखाने भन्ने निर्देशन दिइएको छ ।

    जसरी हरेक हाम्रो हावापानी एवं माटोमा समय अनुसार फरक फरक उत्पादन हुन्छ, त्यसैगरी हामीले आफ्नो खानपानमा पनि परिवर्तन गर्नुपर्छ । आयुर्वेदमा अनुसार साउनको महिनामा पनि के खाने वा के नखाने भनेर उल्लेख छ

    साउनको महिना वर्षायामको महिना पनि हो । यतिबेला प्रकृति हराभरा हुन्छ । यद्यिप यही महिनामा संक्रामक रोगको भय पनि रहन्छ । त्यसैले खानपानमा खास सर्तकता अपनाउनुपर्ने बताइएको छ ।

    हरियो सागसब्जी

    हरेक छाकमा हरियो सागपात समावेश गर्नुपर्छ भनिन्छ । तर,  साउनको महिनामा हरियो सागपात पनि त्यती उपयुक्त मानिदैन । हरियो सागपातमा ब्याक्टेरिया वा किराहरु धेरै हुनसक्छ । यसले गर्दा सागपात सेवन गर्दा पेट दुख्ने वा अरु किसिमको समस्या हुनसक्छ ।

    बैगुन

    साउनको महिनामा बैगुन खानु उचित मानिदैन । यदि खानै परेमा राम्ररी सरसफाई गरेर मात्र खानुपर्छ । किनभने बैगुनमा पनि अत्याधिक किरा हुनसक्छ ।

    दुध

    साउन महिनामा दुध सेवन गर्नु पनि त्यती उचित मानिदैन । साउनमा दुध सेवन उपयुक्त नहुने भएकाले नै भगवान शिवको नाममा अभिषेक गर्ने परम्परा भएको हो ।

    यसबेला दुधको माध्यामबाट पनि संक्रमण हुने भय रहन्छ । दुधले ग्याष्ट्रिक वा पेटको अन्य समस्या निम्त्याउन सक्छ । त्यसो त वर्षायामको यो महिनामा दही सेवन पनि उचित हुँदैन ।

    वर्षायामको मौसम माछाको लागि प्रजननको पनि हो । यस कारण माछा सेवन नगर्नु भनिएकाे हाे ।

    माछामासु र प्याज लसुन

    साउनमा माछामासु, प्याज, लसुनको सेवन गर्नु ठिक मानिदैन । यस्ता तामासिक भोजनले पाचन यन्त्र खराब गर्छ । वर्षायामको मौसम माछाको लागि प्रजननको पनि हो । यस कारण माछा सेवन नगर्नु भनिएकाे हाे ।

    के खाने ?

    आयुर्वेद अनुसार साउनमा चाडै पच्ने, झोलिलो खानेकुरा सेवन गर्नु राम्रो हो । लौका जस्ता सब्जी, स्याउ, केरा जस्तो फलफूल सेवन गर्नुपर्छ । चामल, मकै आदि अन्न सेवन  गर्नुपर्छ ।

    वर्षायाममा सकेसम्म ताजा खाना खानुपर्छ । गर्मीमा भरखरै पकाएको भोजनमात्रै खानुपर्छ । वर्षायाम मौसममा गोलभेंडा, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने सम्भावना हुन्छ ।

    —यो मौसममा सजिलै पच्ने खानेकुरा मात्र खानु पर्छ । गरिष्ट भोजनबाट सकेसम्म बच्नु पर्छ ।

    —बिहान उठेपछि एक–डेढ घन्टाभित्रै केही न केही खानुपर्छ । उठ्ने बित्तिकै ग्रीन टि लिनु उपयुक्त हुन्छ । लामो समयसमम खाली पेट रहनाले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन्छ ।

    त्यसैले छोटो समयको अन्तरालमा खाने कुरा खाएमा एकैपटक धेरै खाने बानीबाट छुटकारा पाउन सकिन्छ । त्यसैले बिहान उठेपछि मन तातो पानीमा कागतीको रस र मह मिसाएर खानु अझ उपयुक्त मानिन्छ ।

    —गर्मीमा चिया–कफीको सेवन कम गर्नुपर्छ । कफीनले शरीरमा डिहाइट्रेशन बढाउँछ । त्यसको साटो जुस, दही, लस्सी, सातु, कागती–पानी, वेलको सर्वत, नरिवल पानी, उखुको रस, खर्बुजा आदि कुरामा जोड दिनु पर्छ ।

    —वर्षायाम मौसममा तपाईंको घरमा ग्लुकोज, इलेक्ट्रोवियन, जीवनजल, पुदिना आदि भैरहनु पर्छ ।

    —गर्मीमा घामबाट फर्किने बित्तिकै फ्रिजको पानी पिउनु हुँदैन । यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी पिउनु लाभदायक हुन्छ ।

    —मिठाई खान मन लाग्यो भने स्याउ, अमला, बेल, पेठा खानु राम्रो हुन्छ ।

    —अत्याधिक चिसो पेय पदार्थबाट आफूलाई टाढा राख्नु पर्छ ।

    —खानामा हल्का साग–सब्जी छनोट गर्नु पर्छ । गाजर, गोलभेंडा, पालक बाहेक पानीको मात्रा बढि भएका तरकारीहरु जस्तै लौका, काँक्रो आदि राम्रो मानिन्छ । यी सब्जीमा क्यालोरी कम हुनुका साथै गर्मीसंग लड्न क्षमता पनि हुन्छ ।

    प्रतिक्रिया दिनुहोस