२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

फोनमा कोरोना भाइरसबारे जानकारी दिने को हुन् ?

  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- आजभोलि मोबाइलमा फोन डायल गरेपिच्छे एउटा आवाज सुनिन्छ । याे आवाज कोरोना भाइरस रोग (कोभिड –१९) काे बारे सचेतता जगाउने उद्देश्यले टेलिकम सेवाप्रदायक कम्पनीले उक्त आवाज राखेका हुन् ।

    यसै आवाज सुनेर युवा, वृद्ध, किशोर-किशोरी तथा बालबालिकाहरुसमेत सचेत  भइरहेका छन् ।  नेपाल टेलिकम र एनसेलमा कोभिड –१९ बारे सूचना दिने महिलाको को हुन् भन्ने धेरैको चासो हुनुसक्छ ।

    नेपाल टेलिकमको फोनमा सुनिने आवाज पत्रकार अनिता विन्दुको हो भने एनसेलमा सुनिने आवाज गायिका सुवानी माेक्तानको हो ।

    फोनमा यो सन्देश लकडाउन सुरुभएदेखि सुनिन थालेको हो । यसमा कोरोना भाइरसबाट कसरी जोगिने भन्ने सन्देश सुन्न पाइन्छ ।-बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस