२०७८ आश्विन १०, आईतबार | Sun, 26, Sep, 2021

अमिताभ बच्चनलाई कोरोना संक्रमण

  • २०७७ अषाढ २८, आईतबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं-  बलिउडका अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

    उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। बच्चनले कोरोना रिपोर्ट पोजेटिभ आएपछि आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

    उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। पछिल्लो समय उनी फिल्म सुटिङमा पनि सक्रिय थिए।

    प्रतिक्रिया दिनुहोस