२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

संक्रमणको दर घट्दो देखियो: ६० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए !

  • २०७७ अषाढ ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • विश्वभरि नै कोरोनाभाइरसको संक्रमणले छलांग मारिरहेको छ । कोरोनाभाइरसको संक्रमण उचाइमा पुगेर ओरालो लाग्दै गरेको भनिएका विश्वका कतिपय मुलुकहरुमा पनि पुनः कोरोनासंक्रमणको गति तीब्र हुन थालेको देखिन्छ । नेपालमा भने कोरोनासंक्रमणको दर उच्च हुँदै जाने आँकलन गरिएको स्थितिबीच नै आश्चर्यजनक रुपमा ‘संक्रमणको समग्र दर ओरोलो लाग्दै गरेको’ स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ

    स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकलाई हेदा पछिल्लो १० दिनयता नेपालमा कोरोना संक्रमित दर घट्दै गएको छ । असार १९ गते शुक्रबार कोरोना संक्रमितको दर १०.४२ प्रतिशत थियो  भने २८ गते सोमबारसम्म आइपुग्दा संक्रमितको दर घटेर २.१ प्रतिशतमा झरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो १९ गते शुक्रबार ४ हजार ५ सय  ३७ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ७८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो । २० गते भने संक्रमितको संख्या फेरि उकालो लागेसँगै ७ सय ७४ जना संक्रमित भेटिए ।

    ४ हजार ४ सय ८३ जनको पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै २१ गते  ४ हजार ५० जनाको  पिसिआर परीक्षण गर्दा  अघिल्लो दिनभन्दा घटेर संक्रमित संख्या २ सय ३२ पुग्यो ।

    २२ गते मंगलबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण गर्दा २ सय ९३  संक्रमित भएको पुष्टि भयो । २३ गते ४ हजार ७ सय २१ जनाको कोरोना परीक्षण गर्दा १ सय ८० जना कोरोना संक्रमित भएको स्वास्थ्य  मन्त्रालयको तंथ्याङ्कमा उल्लेख गरिएको छ । -Ratopati.com

    प्रतिक्रिया दिनुहोस