२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

सिजन सकिनै लाग्दा ५५ प्रतिशत मात्र राेपाइँ

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- यहाँ सिजन सकिनै लाग्दा ५५ प्रतिशत्  मात्रै धान रोपाइँ  सकिएको छ । धान रोपाइँ हुने ६ हजार २ सय ५० हेक्टर क्षेत्रमध्ये ५५ प्रतिशत् क्षेत्रमा रोपाइँ सकिएको हो ।

    अघिल्लो वर्षभन्दा यसवर्ष पानी अघि नै परेकाले समयमै रोपाइँ शुरु भएकाे हाे । तर धेरै ठाउँमा पानीकाे मूल नपलाएपछि पाखा खेतकाे राेपाइ शुरु नै भएकाे छैन ।

    अघिल्लो वर्ष खडेरीका कारण रोपाइँ प्रभावित भएको थियो । जिल्लामा साउन तेस्राे सातासम्म पछाैटे धान राेप्ने गरे पनि सिजन भने दाेस्राे साता अघि नै हाे । यद्यपि यसवर्ष  समयमै रोपाइँ सकिने कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।

    जिल्लामा कोदो रोपाइँ भने ६० प्रतिशत् सकिएको बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस