२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
रेमिट्यान्सभित्रकाे अध्याँराे कथा

विदेशमा नेपाली कामदारका शव अलपत्र, कति ल्याइयाे कति बाँकी ?

  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डौ-  बितेका ४० दिनमा खाडी र मलेसियाबाट २१६ नेपालीको शव ल्याइएको छ । गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि ल्याउन थालिएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार कोरोना महामारी सुरु भएयता विदेशमा ज्यान गुमाएका ४७४ नेपालीमध्ये २१६ नेपालीको शव चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।

    लकडाउन सुरु भएदेखि अहिलेसम्मको अवधिमा खाडी र मलेसियासहित अन्य देशमा १५ महिला र ४५९ पुरुष गरी ४७४ जना नेपालीको विभिन्न कारणले ज्यान गएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द भएर शव ल्याउन नपाएपछि कतिपय मृतकका आफन्तले भने परदेशमै सदगतका लागि अनुमति दिएका छन् ।

    आफन्तको सहमतिमै १६५ जना नेपालीको गन्तव्य देशमै सदगत गरिएको बोर्डले जनाएको छ । अब खाडी र मलेसियासहित विभिन्न देशमा ९४ नेपालीको शव बाँकी छन् । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोकेपछि विशेषगरी धेरै नेपाली कार्यरत खाडीका देश र मलेसियामा नेपालीको शव पनि रोकिएको थियो ।

    लकडाउन सुरु भएदेखि अहिलेसम्मको अवधिमा खाडी र मलेसियासहित अन्य देशमा १५ महिला र ४५९ पुरुष गरी ४७४ जना नेपालीको विभिन्न कारणले ज्यान गएको थियो ।

    गएको जेठ ३२ गतेदेखि सरकारले लकडाउनकै बीचमा विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान पठाउन थालेपछि भने त्यही जहाजमा नेपालीका शव पनि ल्याउने गरिएको हो ।

    कुन देशबाट कति शव आए, कति बाँकी ?

    यो अवधिमा सबैभन्दा धेरै साउदीमा नेपालीको ज्यान गएको छ । साउदीमा मात्रै यो अवधिमा १७१ जना नेपालीले ज्यान गुमाएका छन् । यसमध्ये ७३ जना नेपालीको शव नेपाल ल्याइएको छ । लामो समयसम्म आफन्तको शव कुर्नपर्दा ४० जना मृतकका आफन्तले भने साउदीमै सदगतका लागि अनुमति दिएकाले उतै अन्त्येष्टि गरिएको छ । साउदीमा मात्रै अझै ५८ जना नेपालीको शव स्वदेश ल्याउन बाँकी छ ।

    यस अवधिमा साउदीपछि सबैभन्दा धेरै मलेसियामा नेपालीले ज्यान गुमाएका छन । मलेसियामा ज्यान गुमाएका ८४ नेपालीमध्ये ६७ जना नेपालीको शव नेपाल ल्याइएको छ भने ८ जनाको शव उतै अन्त्येष्टि गरिएको छ । अब ९ जना नेपालीको शव मलेसियामै रहेको बोर्डले जनाएको छ ।

    मलेसियापछि ज्यान गुमाउने नेपालीको सङ्ख्या धेरै यूएईमा छ । यूएईमा यो अवधिमा ८० जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये १२ नेपालीको शव स्वदेश ल्याइएको छ भने ५८ जनाको यूएईमै अन्त्येष्टि गरिएको छ । यूएईमा अब १० जना नेपालीको शव बाँकी छ ।

    यूएईपछि ज्यान गुमाउने नेपालीको सङ्ख्या कतारमा धेरै रहेको छ । कतारमा यो अवधिमा ७४ जनाको ज्यान गएको छ । उनीहरुमध्ये ४७ जनाको शव स्वदेश ल्याइएको छ भने २५ जनाको उतै अन्त्येष्टि गरिएको छ । कतारबाट अब २ जना नेपालीको शव बाँकी रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

    मलेसियापछि ज्यान गुमाउने नेपालीको सङ्ख्या धेरै यूएईमा छ । यूएईमा यो अवधिमा ८० जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये १२ नेपालीको शव स्वदेश ल्याइएको छ भने ५८ जनाको यूएईमै अन्त्येष्टि गरिएको छ । यूएईमा अब १० जना नेपालीको शव बाँकी छ ।

    कतारपछि खाडीको अर्को देश कुवेतमा २२ नेपालीले यो अवधिमा ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये ९ नेपालीको शव स्वदेश ल्याइएको छ भने १० जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ । कुवेतमा अब ३ नेपालीको शव बाँकी रहेको छ । खाडीकै अर्को देश बहराइनमा यस अवधिमा १० नेपालीको विभिन्न कारणले ज्यान गएको छ । यसमध्ये विभिन्न चार्टर्ड उडानले ६ शव स्वदेश ल्याएका छन् भने ४ जनाको बहराइनमै अन्त्येष्टि गरिएको छ ।

    ओमानमा भने यो अवधिमा दुई जनाले ज्यान गुमाएका छन् । दुईमध्ये १ जनाको ओमानमै अन्त्येष्टि गरिएको छ भने एक नेपालीको शव स्वदेश ल्याइएको छ ।

    यसैगरी नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियामा यो अवधिमा ८ नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ५ जनाको कोरियामै अन्त्येष्टि गरिएको छ भने ३ जनाको शव त्यहाँ बाँकी रहेको बोर्डले जनाएको छ ।

    यसैगरी नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियामा यो अवधिमा ८ नेपालीले ज्यान गुमाएका छन् ।

    रोजगारीका लागि अरु देशमा पुगेका २३ नेपालीले पनि यस अवधिमा ज्यान गुमाएका र उनीहरुमध्ये १४ जनाको सम्बन्धित देशमै अन्त्येष्टि गरिएको छ भने ९ जनाको शव बाँकी रहेको बोर्डले जनाएको छ । खाडीका ६ देश मलेसिया र अन्य विभिन्न देशमा गरी अब ९४ जना नेपालीको शव बाँकी रहेको छ ।

    यी शव पनि नेपाली लिन गएका जहाजले क्रमशः ल्याउने बोर्डले जनाएको छ । शव ल्याउन ढिलो हुँदा आफन्तले सम्बन्धित देशमै अन्त्येष्टिको लागि अनुमति दिने क्रम पनि भैरहेको बोर्डले जनाएको छ । –उज्यालाे अनलाइनबाट

    प्रतिक्रिया दिनुहोस