२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

३ महिला क्रिकेटरलाई काेराेना संक्रमण

  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडाैं- दक्षिण अफ्रिकी महिला क्रिकेट टिमका तीन सदस्यमा कोरोना संक्रमण देखिएको छ । टोलीका २ खेलाडी सहित ३ जनामा कोरोना संक्रमण देखिएको दक्षिण अफ्रिका क्रिकेट बोर्डले पुष्टि गरेको छ ।

    इङगल्याण्ड भ्रमण अघि टिमका तीन सदस्यलाई कोरोना संक्रमण देखिएपछि सबै खेलाडीको स्वास्थ्य परिक्षणमा कडाई गरिएको छ भने संक्रमितहरुलाई आसोलेसनमा राखिएको छ ।

    दक्षिण अफ्रिकाले इङ्गल्याण्ड भ्रमणका लागि दुई दिन अघिमात्र प्ररम्भिक टोलीको घोषणा गर्दै प्रशिक्षण शिविर थाल्ने योजना बनाएको थियो । प्रशिक्षण शुरु हुनुभन्दा २ दिन अघि गरिएको परिक्षणमा दुई खेलाडी र एक सहयोगी कर्मचारिमा कोरोना देखिएको हो । टोलीको प्रशिक्षण शिविर जुलाई २७ देखि प्रिटोरियामा हुने तालिका थियो ।

    खेलाडी तथा सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि क्रिकेट दक्षिण अफ्रीकाले सबै खेलाडीलाई क्याम्पबाट हटाएको छ । क्रिकेट दक्षिण अफ्रिकाले संक्रमित खेलाडी र कर्मचारीको नाम भने गोप्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस