२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

नेकपा विवादबारे युवा नेताहरु के भन्छन् ?

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • नेकपामा देखिएको शक्ति संघर्षका कारण पार्टी विभाजनको बाटोमा अघि बनेको भन्दै युवा नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

    उनीहरुले नेताहरुलाई समस्यामा समाधान गरेर अघि बढ्न, एक अर्कालाई सिध्याउने गलत बाटोमा नलाग्न दवाव दिएका हुन् । नेकपाका स्थायी कमिटी सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराई नेताहरु मिल्ने आशा व्यक्त गरेका छन् ।

    उनले ट्वीट गर्दै भनेका छन्, ‘सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन् । बुधवारलाई अली बढी राम्रो मान्ने नेपाली चलन छ । आज बुधवार, आशा छ परिस्थिती सहि दिशामा मोडिने छ । आशाबाद’
    केन्द्रिय ठाकुर गैरेले फेसबुमा स्टाटस लेख्दै भनेका छन्, ‘सिङ्गो नेकपा एकताबद्ध भएर आगाडी बढ्दा नै मुलुक,मुलुक बासी र सबै नेताहरूको कद उचो हुनेहो । नेता जति ठुलो पदमा पुगे पनि बिभाजनले देश र जनताको हित नहुने त पक्कानै छ नेताहरु को कद पनि ठुलो हुने छैन। बैठकमा बहस छ्लफल गरौ,बाहिर आरोप प्रत्यारोप नगरौ ।’ 

    त्यस्तै केन्द्रिय सदस्य यज्ञराज सुनुवारले व्यक्तित्वके टकरावमा सिद्धान्तके लेपन नलाउन चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई यो उचाईमा ल्याउन हज्जारौं सहिदको बलिदान ,लाखौं कार्यकर्ता अनि सयौं दुरदर्शी नेताको साझा योगदान छ।बिगतमा कम्युनिस्ट आन्दोलनले नेताको ब्यक्तित्वको टक्राव, सिद्धान्तको लेपनमा बिभाजनको शिकार हुनु परेको ,हाम्रो अघि ताजा प्रमाण छन।जनताले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन दिएको गम्भीर जिम्मेवारीलाई हाम्रो मुल नेतृत्वले बुझेकै हुनु पर्दछ। फुटाउन सबै लाग्छन् ,जुटाउन आफै लाग्ने हो। केही सिमित स्वार्थी कार्यकर्ता बाहेक लाखौं कार्यकर्ता र जनता फुटेको होइन जुटेको हेर्न चाहान्छन।जारी स्थायी कमिटीको बैठकले आज सम्मको यात्राको सटिक समिक्षा सहित सुदृढ एकतामा जोड दिदै आगतको लागि ठोस योजना ल्याउन सकोस हार्दिक शुभकामना ।’

    त्यस्तै नेकपाका केन्द्रिय सदस्य किशेर अधिकारीले नेताहरुलाइ सुझबुझ राखेर अघि बढ्न र कसैले कसैकाे जुगा नउखेल्न सचेत गराएका छन् ।  उनले भनेका छन्,  ‘नेता कमरेड हो ,सुजबुज राख्नु होस् ,बाल को खाल उतार्ने काम नगर्नुहोस् ,कसेैले कसैको जुगा उखल्ने काम नगर्नुहोस् । बुध्दिमता काम र समाधानका उपायहरूको खोजि ग र्नुस।राष्ट्र ,राष्ट्रियता ,पार्टी र जन्ता लाइ बचाउने काम गर्नु होस्।पद र प्रतीष्ठाको लागि लडाइँ लड्ने कामले तपाईंहरू को उचाइ बढ्दैन, शोभा दिदैन । कसको रिसले कसको काखमा फोहर गरेको भन्नछन नि तेसो गरेर केहि काम हुन्न।तपाईंहरूको धेरै काम कुरा हामीलाई पनि चित्तबुझ्दो छेैन,के हामीले तपाईंहरूको राजिनामा माग्दै हिड्ने ,हाम्रो काम पार्टी सदस्यलाई चित्तबुझ्दो नहुन सक्छ ,वाहाहरुले तेसै गर्दै हिड्ने। चार महिना अघि आकस पनि खस्न पत्ताल पनि भासिन लागे जस्तो गरि पार्टी तहस नहस हुदैछ भनि हल्ला फैलिएको थियो ।केन्द्रीय कमिटीको बेैठकमा त तो भएन देखिएन। अहिले को स्थायिकमिटि को बैठक मा पनि राष्ट्र , राष्ट्रियता ,जन्ता र पार्टीको हित हुने काममा नै सबै को ध्यानाकर्षण होस्, हुनेछ भन्ने पुर्ण आसा छ।विनास काले विपरित बुध्दि नहोस्।’

     

    प्रतिक्रिया दिनुहोस