२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

सबैभन्दा बढी कोरोना संक्रमित प्रदेश २ मा, कुन प्रदेशमा कति स‌ंक्रमित ?

Thumbnail
  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपालमा बुधबारसम्म १४ हजार ४६ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ८२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी प्रदेश २ र प्रदेश ५ प्रभावित भएका छन् । प्रदेश २ मा संक्रमित संख्या ३ हजार ८ सय ५६ जना र प्रदेश ५ मा ३ हजार ८ सय ४३ जना पुगेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा २७ सय, कर्णाली प्रदेशमा १५०८, गण्डकी प्रदेशमा १०५८, प्रदेश १ मा ६२३ र बागमती प्रदेशमा ४५८ जना संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८, प्रदेश २ मा ६२, बागमती प्रदेशमा ३०, गण्डकीमा ४१, प्रदेश ५ मा ३६, कर्णालीमा ४२ र सुदूरपश्चिम प्रदेशमा २४३ जना संक्रमित थपिएका छन् ।

    नेपालमा हालसम्म ७ वटा जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छ । प्रदेश २ का महोत्तरी, रौतहट र सर्लाही प्रदेश ५ को कपिलवस्तु र दाङ, कर्णालीको दैलेख र सुदूरपश्चिमको कैलालीमा संक्रमितको संख्या ५ सय नाघेको छ ।

    नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ । मृतक संख्या ३० पुगेको छ । अहिलेसम्म २ लाख ३३ हजार २ सय २७ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण भएको छ ।

    प्रतिक्रिया दिनुहोस