२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

कार्यालय सहयोगी १० हजार घुससहित पक्राउ

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • वीरगञ्ज- बाराको कलैयास्थित घरेलु तथा साना उद्योग कार्यालयका सहयोगी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । करारमा कार्यरत कार्यालय सहयोगी खेमराज चौधरी पक्राउ गरेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    होटल सञ्चालनका लागि अनुमति पत्र बनाइदिने बहानामा सेवाग्राहीसँग चौधरीले उक्त रकम घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस