२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

‘मेराे कार्यकालमा भारतसँग रणनीतिक सम्बन्ध’

  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • वासिंटन- अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जोए बाइडेनले यदी आफू निर्वाचित भएमा भारतसँगको रणनीतिक सम्बन्ध सुदृढ बनाउने काम उच्च प्राथमिकतामा पर्ने बताएका छन् ।

    उनले भारतलाई अमेरिकाको प्राकृतिक साझेदार मुलुक भनी सम्बोधन समेत गरेका छन् । नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि सक्रिय रहेका बाइडेनले आफ्नो प्रशासनको उच्च प्राथमिकता भारतसँग सम्बन्ध सुदृढ बनाउने रहेको बताएका हुन् ।

    डेमोक्रेट्स तर्फबाट राष्ट्रपति उम्मेदवार रहेका बाइडेन वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका लागि कडा प्रतिष्पर्धीको रुपमा खडा भएको टिप्पणी हुने गरेको छ । ‘भारत हाम्रो सुरक्षा र उनीहरुका लागि अमेरिकाको साझेदार रहनु आवस्यक छ,’ बाइडेनले भर्चुअल फन्ड संकलनको क्रममा प्रश्नकर्ताहरुको जवाफ दिने क्रममा बुधबार यस्तो भनेका थिए ।

    प्रतिक्रिया दिनुहोस