२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

भारतमा एकैदिन थपिए झण्डै २१ हजार कोरोना संक्रमित

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ ।

    कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार २१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३७९ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस