२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

भारतमा एकैदिन २५ हजार संक्रमित, ६१३ जनाको मृत्यु

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • भारत- कोरोना भाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना संक्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना संक्रमित भएका छन् ।

    दैनिक रुपमा संक्रमित हुनेहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्।
    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या छ लाख ७३ हजार १६५ पुगेको छ । तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको कुल संख्या १९ हजार २६८ पुगेको छ । ती मध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस