२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

एसिया कप- २०२० स्थगित

  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाैं-  एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसिया कप २०२० स्थगित गर्ने निर्णय गरेको छ।

    एसिसीको कार्यकारी बोर्डको बैठकले कोरोना भाइरसका कारण आगामी सेप्टेम्बरमा हुने एसिया कप स्थगित गर्ने निर्णय गरेको हो।

    पाकिस्तानले २०२० को एसिया कप श्रीलंकालाई आयोजना गर्न र २०२१ को एसिया कप आफूले गर्ने प्रस्ताव गरेको थियो।

    कोरोना भाइरसका कारण लगाइएको विभिन्न प्रतिबन्धका साथै खेलाडी, सपोर्ट स्टाफ, सहयोगी, फ्यान र समग्र क्रिकेट समूदायको स्वास्थ्यको खाल गर्दै प्रतियोगिता स्थगित गरिएको एसिसीले जनाएको छ।

    स्थगित गरिएको एसिया कप अब २०२१ मा आयोजना गर्ने एसिसीको भनाइ छ। एसिया कप २०२० पाकिस्तानमा हुने तय थियो। पाकिस्तानले २०२० को एसिया कप श्रीलंकालाई आयोजना गर्न र २०२१ को एसिया कप आफूले गर्ने प्रस्ताव गरेको थियो।

    यहि प्रस्तावअनुसार अब २०२१ को एसिया कप श्रीलंकामा हुनेछ भने २०२२ को एसिया कप पाकिस्तानमा हुनेछ। -Setopati.com

    प्रतिक्रिया दिनुहोस