२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

वाह ! रुम्जाटार जाने सडक ! भलले नै बगाएकाे कालाेपत्रे (भिडियाे)

  • २०७७ श्रावण १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडकमा बिछ्याइएको कालोपत्रे कामै नलाग्ने गरेर उक्किएछि त्यसलाई हटाउन थालिएको छ ।

    ठेकेदार कम्पनी तामाङ कुमार जेभीले ९ महिनाअघि बिछ्याएको कालोपत्रे उक्किएएपछि पुनः कालोपत्रे गर्न  भत्किएकाे भाग उप्काउन थालिएको हो ।

    एशियाली विकास बैंक र स्वीस सरकारको सहयोगमा २० करोड ६८ लाख रुपैयाको लागतमा आपतकालीन भूकम्पीय सहयोग परियोजना अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ओखलढुंगामार्फत संचालित सडकको अधिकांश भागको कालोपत्रे उक्किएको हो ।

    सडकमा ठेकेदारको लापरवाहीको कारण कालोपत्रेको काम गुणस्तरहीन भएको स्थानीयको आरोप छ । ठेकेदारलाई सडक दुरुस्त बनाएर हस्तान्तरण गर्ने समय २०७७ म‌ंसिरसम्म दिइएकाे आयाेजना प्रमुख रिता लम्सालले बताइन् । डिबिएस्टी कालाेपत्रे गरिएकाे ६ महिना नपुग्दै भत्किन थालेकाे थियाे । हाल आधाजसाे भाग भत्केपछि ठेकेदारलाई पूर्ववत् अवस्थामा सडक बुझाउन भनिएकाे हाे ।

    भिडियाे हेर्नुहाेस्

    प्रतिक्रिया दिनुहोस