२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
विवाद र बाँडफाँट

मन्त्रीमण्डल हेरफेरकाे चर्चा: ‘बामदेव उपप्रधानमन्त्री, अर्थमा पाैडेल ?’ काे काे हटाइ‌ँदैछन् त ?

हाेला त अनुमान गरेजस्ताे पुर्नगठन ?

  • २०७७ श्रावण ३२, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपा विवाद समाधान गर्न गठित कार्यदल नेकपाकाे निर्णय नभएर दुई अध्यक्षकाे सहमति मात्रै हाे । विवाद समाधानकाे खाकासहित नेताहरुकाे व्यवस्थापनकाे सुझाव पेश गर्न गठिन समिति विधीवत् रुपमा पार्टीकाे निर्णयबाट हुनु पर्ने नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले अडान लिए ।

    कार्यदललाई बैठकले आधिकारिकता दिनु पर्ने र कार्यादेश स्पष्ट हुनु पर्ने नेपाल समुहकाे अडान अनुरुप नै साेमबार सचिवालय बाेलाइएकाे छ । तर, सचिवालय अगावै मन्त्री हेरफेर र कार्यदलकाे सुझाव पेश हुने चर्चा शुरु भएकाे छ । याे चर्चाले फेरि राजनीति तातिएकाे छ ।

    उता पार्टीभित्रको विवाद हल गर्न प्रधानमन्त्री केपी ओलीले घोषणा गरेकाे पाँच दिने समयसीमा घर्किंएकाे छ । यसबीच विवाद हल गर्न गठित कार्यदलको प्रतिवेदनले मन्त्रिपरिषद् पुनर्गठनको सुझाव दिने सम्भावना छ । चर्चा गरिए अनुसार केही मन्त्रीलाई बहिर्गमित गर्दै ढिलोमा एक साताभित्र पुनर्गठन हुने मन्त्रिपरिषद्मा प्रधानमन्त्री भइसकेका बाहेक पार्टीको सचिवालयका सबै नेतालाई समेट्ने तयारी छ ।

    उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय दिने तयारी भइरहेको छ । यद्यपि,कानुनतः निर्वाचनमा पराजित भएको व्यक्तिलाई मनोनयनको प्रक्रियाबाट राष्ट्रियसभामा प्रवेश गराएपछि मन्त्री बनाउन मिल्ने वा नमिल्ने भन्नेबारे पार्टीले कानुनविद्हरुसँग राय लिइरहेको नेकपास्रोतले जनाएको छ ।

    राष्ट्रियसभा सदस्यको पदावधि समाप्त भएको ६ महिनासम्म कोही व्यक्ति मन्त्री पदमा बहाल हुनसक्ने संविधानको व्यवस्थाअनुसार भदौ २० मा पद रिक्त भएको ६ महिना पुग्नाले वर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा स्वतः मन्त्री पदबाट बहिर्गमित हुने भएका छन् ।

    यसचोटिको पुनर्गठनमा पार्टीभित्र देखापरेका तीनै वटा गुटको तर्फबाट सन्तुलन कायम गर्ने सहमति भएको छ । त्यसका लागि सम्बन्धित समूहका नेताहरुले दिने नामलाई स्वीकृत गरिने भएको छ । त्यसक्रममा सुरेन्द्र पाण्डे माधव समूहबाट मन्त्री बन्ने निश्चितप्रायः छ । उनी अर्थ मन्त्रीका दावेदार हुन् । तर ओलिकाे राेजाइमा खतिवडाकाे विकल्पमा पाैडेल परेकाले यसै भन्न नसकिने नेकपा वृत्तमा चर्चा छ ।

    काे काे हटाइ‌ँदैछन् त ?

    विवादित मन्त्रीहरुलाई हटाउने ओलिकाे मनस्थिति भए पनि बालुवाटारका भित्रियाहरुले ईश्वर पाेखरले र भानुभक्त ढकाललाई गुटका आधारमा हटाउन नहुनेमा जाेड दिएकाे बताइन्छ । विवादलाई विधि र पद्दतिकाे रुपमा ल्याइए पनि केही पद दिएर पदकाे लडाईँ भन्दै माधव प्रचण्ड गुटलाई बद्नाम गराउने पद दिने बालुवाटारकाे याेजना रहेकाे एक नेताले बताए ।

    उनका अनुसार जनार्दन शर्मा टाेपबहादुर रायमाझी र हरिबाेल गजुरेल तथा सुरेन्द्र पाण्डेलाई नयाँ मन्त्रीका रुपमा ल्याउने संभावना छ । रामबहादुर थापा पनि राताे सूचिमै रहेकाे बताइन्छ । उनका ठाउँमा शर्मा ल्याएर प्रचण्डका हस्ती खाेस्ने बालुवाटारकाे रणनीति छ ।

    त्यस्तै मुख्यमन्त्री फेरेर भए पनि माधव नेपाल समुहकाे विवादकाे जड पद भएकाे प्रमाणित गर्न ओलिका सल्लाहकारले याेजना ल्याएकाे बताइन्छ । त्यसरी हेरफेरमा ३ नं प्रदेश पहिलाे राेजाइमा पर्न सक्छ भने प्रदेश १ पनि हुन सक्ने बताइन्छ । यी मध्ये एकमा माधव नेपाल पक्षका एक नेता व्यवस्थापन गरेर उनीहरुलाई पदकै लागि झगडा गर्ने समुहका रुपमा प्रचार गर्ने बालुवाटारकाे तयारी रहेकाे बुझिन्छ ।

    यसकाे पटाक्षेप म‌ंगलबार मात्रै हुने भएकाले के हुन्छ भन्ने प्रतिक्षा चाँही गराै‌ं ।

    प्रतिक्रिया दिनुहोस