२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

१७ वर्षीयामाथि चार जनाकाे सामुहिक बलात्कार !

  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  पछिल्लाे समय बलात्कारका घटना बढिरहेका छन् । कानुन जति कडा बनाइएकाे छ, बलात्कारकाे तथ्यांककाे ग्राफ पनि उकालै लागेकाे देखिन्छ । निर्मला पन्तलाई बिर्साउने गरी कैलालीमा यस्तै अर्काे बलात्कार काण्ड बाहिरीएकाे छ । एक १७ वर्षीया बालिकालाई ४ जनाले सामुहिक बलात्कार गरेका छन् ।

    ती किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा आइतबार चार जना पक्राउ परेका छन्। कैलालीकाे  जानकी गाउँपालिका– ९ की १७ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा स्थानीय दीपक कडारा, लोकेश रावत, शङ्कर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

    युवतीमाथि गत भदौँ ११ गते राती आफन्तको घरबाट आइरहेको बेला सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । उनिहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस