२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

सिन्धुपाल्चोक पहिरो : ११ शव फेला, २० जना अझै बेपत्ता

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएको पहिलोमा पुरिएका  ११ जनाको शव फेला परेको छ । फेला परेका मृतकमा ७ जना महिला ३ जना पुरुष र एक जना बालक रहेको बिहानै देखि खोज तथा उद्धार कार्यमा खटिएको नेपाली सेनाको गोरख बक्स गणले जानकारी दिएको छ ।

    घटनास्थलमा पुगेर फर्किएकका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपालेले दिएको जानकारी अनुसार पहिरोमा परी घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ।

    पहिरोमा अझै २० जना हराइ रहेका छन् । गएराति आएको पहिरोका कारण भीरखर्कका ४, नागपुजेका ११ र नेवार टोलका ७ गरी २२ घर पूर्णरुपमा क्षति भएको छ  ।

     

    प्रतिक्रिया दिनुहोस