२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

ओखलढुंगामा भेटिए गभर्नरकाे सही नभएका नाेट, त्यस्ता नाेट सक्कली कि नक्कली ?

  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाको एक निजी बैंकमा गर्भनरको हस्ताक्षर नभएका नोट फेला परेका छन् । सनराईज बैंकको ओखलढुंगा शाखामा राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर नभएका नोट फेला परेका हुन् ।

    कारोबारका क्रममा आइतबार देखिनै त्यस्ता नोटहरु फेला परेको सनराइज बैंकका प्रबन्धक ख्यामराज राना मगरले बताए । त्यस्ता नोटमा अन्य कुनै फरक नरहे पनि हस्ताक्षर नभएकाले शंकास्पद भएकाले बैंकले जनाएको छ ।

    आइतबारदेखि नै कारोबारका क्रममा त्यस्ता नोट भेटिएका थिए । आईतावार दुई थान, सोमवार तिन थान र मंगलवार आठ थान पाँच सय रुपैंयाका नोटमा सहि नभएकाे भेटिएका थिए ।

    स्थानीयले बैंकमा पैसा जम्मा गर्दा भेटिएका नोटहरु ग्लोबल आईएमई बैंक, एनआई सि एसिया र सिभिल बैंकबाट सिल भएर आएका बान्डिलहरुमा पाइएको बताइएको छ । नोटहरुमा नेपाल राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर मात्रै नभएको र नेपाली रुपैंयामा हुनु पर्ने सबै मापदण्डहरु रहेकाले ती नोटहरु नक्कली नै हुन भनेर एकिन गर्न नसकिने शाखा प्रबन्धक राना मगरको भनाइ छ । नोट पहिचानका लागि नेपाल राष्ट्र बैंकमा पठाउने उनले जनाए ।

    हेर्नुहाेस् नाेट

     

    प्रतिक्रिया दिनुहोस