२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

खुसीकाे खबर: खिजीदेम्वामा काेराेना संक्रमितकाे उपचार सफल !

  • २०७८ जेष्ठ ५, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- खिजीदेम्वा गाउँपालिकाको अस्थायी कोभिड १९ अस्पतालमा कोरोना संक्रमितको उपचार शुरु गरिएको छ । वेड भर्ना गर्नु पर्ने एक महिला संक्रमितको अस्पतालमा भर्ना गरेर उपचार गरिएको हो ।

    डा. परार्थ वस्नेत नेतृत्वको टोलीले वेड भर्ना गरेको विरामीको स्वास्थ्य अवस्था समान्य भइ डिस्चार्ज गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ५ शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा छ । उक्त अस्पतालमा अत्यावश्यक परेमा अक्सिजनसहितको सेवा उपलब्ध छ । दुर्गम गाउँमै कोरोना संक्रमितको उपचार हुने भएपछि स्थानीय खुसी छन् ।

    प्रसुति गृहहरुमा अक्सिमिटर तथा अत्यावश्यक अवस्थामा कोभिड अस्पतालमा केहि समयका लागि अक्सिजन समेतको व्यवस्था गरिएको बताइएको छ । कोरोना संक्रमित बढ्दै जाँदा स्थानीयलाई उपचारको चिन्ता छ । गाउँमै कोरोना संक्रमितको उपचार हुने र निको हुनु सर्वसाधारणका लागि खुसीको कुरा भएको सामाजिक अभियान्ता लिला सुनुवार बताउँछन् ।

    अन्य तहमा कोभिड अस्पताल सञ्चालनमा आए पनि विरामी भर्ना गरेर उपचार भने शुरु गरिएको छैन । जिल्लामा कोरोना संक्रमणको संख्या भने दैनिक बढीरहेको छ । बुधबार थपिएका ६६ जनासमेत गरि हालसम्म १७० जना संक्रमित भएका छन् भने १० जना संक्रमणमुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस