२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

मानेभञ्याङमा संक्रमण दर ६३ प्रतिशत ! एकै दिन ५५ जना संक्रमित

  • २०७८ जेष्ठ ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  मानेभञ्ज्याङ गाउँपालिकामा एकैदिन ५५ जनामा कोरोना पुष्टि भएको छ ।  ८६ जनामा गरिएको पीसीआर परीक्षणमा ५५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    याे हेर्दा संक्रमण दर सबैभन्दा उच्च हाे । ८६ लाई सय मान्दा याे दर ६‍३.९५ प्रतिशत हाे । यसअघि याे पालिकामा ९ जना सक्रिय संक्रमित थिए । संक्रमितहरु ५, ६ र ७ नं वडाका धेरै रहेको बताइएको छ ।

    अन्य तहमा संक्रमण यही अनुपातमा रहे पनि आजकाे दर याे सबैभन्दा बढी हाे ।

    प्रतिक्रिया दिनुहोस