२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सिद्धिचरण नगरपालिका: १ काे मृत्यु, ११ संक्रमित थपिए

  • २०७८ जेष्ठ १०, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिकामा साेमबार एक जनाकाे मृत्यु भएकाे छ भने काेराेना संक्रमित ११ जना थपिएका छन् ।

    सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरीमा गरिएका ३० परिक्षणमा ११ मा संक्रमण देखिएकाे नगरपालिकाकाे स्वासथ्य शाखा प्रमुख पवन लामाले जानकारी दिए  ।

    लामाका अनुसार वडा नं ३ मा गरिएकाे परिक्षणमा भने संक्रमित फेला परेनन् । त्यहाँ ७ जनामा परिक्षण गरिएकाे थियाे । आइतबार ७ जना संक्रमित फेला परेका थिए ।

    यसअघि नगरपालिकामा ६२ संक्रमित थिए । एक जनाकाे मृत्यु हुँदा यहाँ  संक्रमितकाे संख्या ७८ पुगेकाे छ ।

    प्रतिक्रिया दिनुहोस