२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

शिवजी र उर्मिलाले दिए गुठिलाई मेडिकल सामाग्री

  • २०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– बेलायतमा बस्दै आएका शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठ दम्पतीले आफ्नो जन्मथलो ओखलढुंगामा मेडिकल सामग्री पठाएका छन् । उनीहरुले जन्मथलोको ओखलढुंगा पारस्पारिक गुठीलाई सो सामग्री सहयोग गरेका हुन् ।

    उनीहरूले पठाएको १० थान पीपीइ फुल सेट र एक हजार थान मास्क भाइ केन्द्र श्रेष्ठले गुठीका कार्यबाहक अध्यक्ष जनक श्रेष्ठ तथा कोषाध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । श्रेष्ठ दम्पतीले पठाएको पुन: प्रयोग गर्न मिल्ने १० थान पीपीई सेट गुठीमा कोही बिरामी भएमा अस्पताल लैजान वा बिरामीसँग सम्पर्कमा आउनु पर्ने अबस्थामा प्रयोग गरिने बताइएको छ ।

    ओखलढुंगा सदरमुकामको सिद्धिचरण नगरपालिका वडा नं ११ मा कोरोना संक्रमितको संख्या बढिरहेको बेला निशेधाज्ञामा बाहिरबाट मास्क नलगाई आउने मानिसहरुलाई श्रेष्ठ दम्पतीले पठाएको मास्क वितरण गरेर अभिलेख राखिने गुठीका कार्यबाहक अध्यक्ष जनक श्रेष्ठले बताए ।

    कोषाध्यक्ष बालकृष्ण श्रेष्ठले बिदेशमा रहेर पनि आफ्नो जन्मथलोको लागि यसरी चिन्तित रहेर मेडिकल सामाग्री पठाएकोमा दाता शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठलाई धन्यवाद ज्ञापन गरे ।

    प्रतिक्रिया दिनुहोस