२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

शनिबार २ जनाको मृत्यु, ४१ मा कोरोना संक्रमण

Thumbnail
  • २०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- आज शनिबार २ जनाको मृत्यु भएको छ भने ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिकाका २ पुरुष रहेका छन् । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

    यस्तै आज पीसीआर परीक्षणबाट लिखु गाउँपालिकामा ३६ जना र  एन्टिजेन परीक्षणबाट सिद्धिचरण नगरपालिकामा ५ संक्रमित थपिएकाे स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए ।

    प्रतिक्रिया दिनुहोस