२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
खुसीकाे खबर

ओखलढुंगा: काेभिड-१९ केयर युनिटमा आइिसयु वेडसहित भेन्टिलेटर जडान हुँदै

  • २०७८ जेष्ठ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा सामुदायिक अस्पतालमा रहेकाे काेभिड १९ केयर युनिटमा ५ आइसियु वेडसहित २ भेन्टिलेटर जडान हुने भएकाे छ । जिल्लामा यस अघि आइसियु र भेन्टिलेटरसहितकाे उपचार सेवा थिएन ।

    काेराेना संक्रमित बढ्दै गएपछि जिल्लामै सघन उपचार सेवा नहुँदा  उपचारका लागि हेलिकाेप्टर चार्टर गरेर जानु पर्ने बाध्यता थियाे ।

    काेराेना संक्रमितकाे सघन उपचारका लागि ३ जनाले हेलिकाेप्टर चार्टर गरिसकेका छन् । सघन उपचारका लागि आबश्यक उपकरण जडान गर्न जे७ ३ गते बैठक बसेर जिल्ला काेभिड १९ संकट ब्यवस्थापन केन्द्र र संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित अनुराेध गरेका थिए ।

    जिल्लाकाे माग अनुसार मन्त्रालयले जेठ १४ गते स्राेत सुनिश्चितता गरेर १६ गते प्रदेश १ काे सामाजिक विकास मन्त्रालय र ओखलढुंगा सामुदायिक अस्पताललाई पत्राचार गरेकाे सुनुवारले जानकारी दिए । काेभिड १९ केयर युनिट ताेकिएपछि अस्पतालमा संक्रमितकाे अत्याधिक चाप बढेकाे र सघन उपचारका लागि हेलिकाेप्टर चार्टर गर्नु पर्ने बाध्यता रहेकाले सामुदायिक अस्पतालमा आइसियुसहित भेन्टिलेटर राख्न माग गरिएकाे सुनुवारकाे भनाइ छ ।

    पटक पटककाे पहललाई ध्यान दिदै बजेट सुनिश्चितता गर्ने निर्णय गरेकाेमा मन्त्रालय र सम्बद्ध सबैपक्षलाई उनले धन्यवाद दिएका छन् । मन्त्रालयले जेठ १६ गते पत्र लेखेर अस्पतालमा आइसियु र भेन्टिलेटर छिटाे प्रकृयाबाट खरिद गरेर सुचारु गर्न र साे सम्बन्धी विवरणका आधारमा रकम भूक्तानीकाे व्यवस्था गर्न सामाजिक विकास मन्त्रालयलाई भनेकाे छ ।

    जिल्लामै आइसियु र भेन्टिलेटरसहितकाे सेवा सुचारु भएपछि सघन उपचाका लागि हेलिकाेप्टर चार्टर गर्ने बाध्यता जिल्लाबासीकाे हट्ने छ । अस्पतालका प्रशासन प्रमुख बुद्ध श्रेष्ठले मन्त्रलयकाे पत्र पाउनासाथ प्रकृया अघि बढ्ने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस