२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

आइसियु र भेन्टिलेटरको सत्ता-राजनीति: यसरी फेरियाे स्वास्थ्य मन्त्रालयकाे परिपत्र

  • २०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- विवाद र गुटगत राजनीतिको प्रभाव कुन तहसम्म पर्छ भनेर हेर्न अहिले नेकपा एमालेका कार्यकर्ता र नेताको फेसबुक हेरे पुग्छ । अझ सत्तारुढ दलभित्रका यस्ता गुटगत राजनीतिले विकास निर्माणद‍ेखि नीतिगत निणर्यसम्म प्रभावित भएका छन् । कतिपय ठाउँका विकास खोसिएका छन् भने कति ठाउँमा माग नहुँदा पनि बजेट खन्याइएका छन् ।

    कोरोना संक्रमणको कठिन सममयमा नागरिक उपचार नपाएर मरिरहँदा सत्तारुढ एमालेको गुटगत सत्ता-राजनीतिमा स्वास्थ्य मन्त्रालय पनि फसेको छ । ओखलढुंगा जिल्लामा आइसियु वेड र भेन्टिलेटर राख्ने अस्पताल छनौट र बजेट सुनिश्चितताको परिपत्र रातारात फेर्न एमालेको उच्च राजनीतिक नेतृत्व संलग्न भएको आरोप छ । यसमा एमालेको गुटगत विभाजन र विवादले कोरोना रोकथाम र नियन्त्रणका काम समेत प्रभावित भएका छन् ।

    यस्तो छ आइसियु वेड र भेन्टिलेटरमा गरिएको सत्ता-राजनीति

    जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले २०७६ जेठ ३ गते सामुदायिक (अस्पताल मिसन) मा भेन्टिलेटर जडान गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निणर्य गर्यो ।

    प्रदेश सरकारसँग अस्पतालमा कोभिड १९ केयर युनिट सञ्चालन गरेर २० वेडमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार शुरु गरिएकाले भेन्टिलेटर आवश्यक भएको माग उठेको थियो ।

    जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निणर्य लगत्तै अस्पतालले उक्त निर्णय सहितको पत्र विघटित प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारमार्फत सोही दिन मन्त्रालयमा पत्र पठायो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १४ गतेको चलानी नं. २३४९ को पत्रबाट अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले ५ आइसियु बेडसहित २ भेन्टिलेटर छिटो तरिकाबाट खरिद गरेर जडान गर्न र सृजित दायित्व प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय मार्फत भूक्तानी माग गर्न जेठ १६ गते परिपत्र गर्यो ।

    जिल्लाको निर्णय र अस्पतालको माग पत्रसहित पटक पटक मन्त्रालय पुगेका विघटित प्रतिनिसभाका निर्वतमान सांसद यज्ञराज सुनुवारले जिल्लामा भेन्टिलेटर र आइसियु वेड नहुँदा विरामीले हेलिकोप्टर चार्टर गरेर महंगोमा उपचार गराउनु पर्ने बाध्यता अब हट्ने स्टाटससहित मन्त्रालयको परिपत्र फेसबुमा हाले ।

     मन्त्रालयमै दवाव पुग्याे । आइसियु वेड र भेन्टिरलेटर जडान गर्ने निर्णय अन्ततः मन्त्रालयले १ दिन पछि नै जेठ १७ गते सोमबार परिवर्तन गर्दै ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुको सट्टा ओखलढुंगा जिल्ला अस्पतालमा स्थापना गर्ने परिपत्र गर्यो ।

    परिपत्रपछि कोभिड १९ केयर युनिटमा आइसियु र भेन्टिलेटर जडान हुने कुराले सदरमुकामबासी खुसी थिए ।अस्पतालले पनि तुरुन्तै खरिद प्रकृया अघि बढाउने तयारी थालेको थियो ।

    मास्क वितरणमा समेत राजनीति हुँदै आएको जिल्लामा यज्ञराज माधव नेपाल समुहमा लागेकाले ओलि समुहका कार्यकर्ताले यो ओलि सरकारले गरेको भन्दै फेसबुकमा जुहारी खेल्न थाले । माथिल्लो तहका नेतासम्म जुहारीमा संलग्न देखिए ।

    यो जुहारी फेसबुकमा मात्र सिमित भएन । मन्त्रालयमै दवाव पुग्याे । आइसियु वेड र भेन्टिरलेटर जडान गर्ने निर्णय अन्ततः मन्त्रालयले १ दिन पछि नै जेठ १७ गते सोमबार परिवर्तन गर्दै ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुको सट्टा ओखलढुंगा जिल्ला अस्पतालमा स्थापना गर्ने परिपत्र गर्यो । रुम्जाटार अस्पतालले आइसियु र भेन्टिलेटर माग गरेको थिएन ।

    मन्त्रालयको दैनिक परिपत्र फेरिएको विषयमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यस विषमा आफु अनभिज्ञ भएको बताए । उनले टेलिफोनमा भने, विस्तृत कुरा डा. समिरलाई थाहा हुन्छ, सोध्नुहोला ।’ सह प्रवक्ता समिर अधिकारीले पटक पटक फोन र एसएमएस गरे पनि सम्पर्कमा आएनन् ।

    मन्त्रालयका एक अधिकृतले उप प्रधानमन्त्री ईश्वर पोखरेलको दवावमा परिपत्र फेरिएको नाम उल्लेख नगर्ने शर्तमा बताए । ‘प्रदेशदेखि माथिसम्मकै दवाव छ बोल्न सकिदैन ।’  उनले भनेका छन् ।

    पहलकर्ता निर्वतमान सांसद सुनुवार माधव समुहमा लागेकाले ओलि समुहले राजनीत गरेर परिपत्र नै फेर्न लगाएको जिल्लास्थित नेता कार्यकर्ताको आरोप छ ।

    एमालेका जिल्ला नेता दिपक फुयलले जनघनत्व, सेवाका हिसाबले सामुदायिक अस्पतालमा आइसियु वेड तथा भेन्टिलेटर अत्यावश्यक र शुरुको निर्णय सहि भएको बताए ।

    उनले भने, ‘२० वेडको कोभिड-१९ केयर युनिट पनि भएकाले सामुदायिक अस्पतामा अत्यावश्यक थियो, पहुँच हुनेले त जिल्ला अस्पताललाई थप बजेट पाे ल्याउनुपथ्र्यो, भएको अर्कातिर पठाउन ठिक होइन ।’

    अन्ततः मन्त्रालयले १ दिन पछि नै जेठ १७ गते  परिवर्तन गर्दै ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुको सट्टा ओखलढुंगा जिल्ला अस्पतालमा आइसियु वेड र भेन्टिरलेटर जडान गर्न परिपत्र गर्यो । रुम्जाटार अस्पतालले माग गरेको थिएन ।

    रुम्जाटारमा सरकारी अस्पताल भए पनि सेवा प्रभावकारी नभएपछि १५ शैया वेडको उक्त अस्पतालमा विरामी न्यून मात्रै जाने गरेका छन् । अक्सिजन प्लान्टका लागि आएको बजेट पनि फिर्ता गएको थियो ।

    अर्थ मन्त्रालयले यो वर्ष पनि रुम्जाटार अस्पतालमा अक्सिजन प्लान्ट र पिसिआर मेसिन खरिद गर्न रकम निकासा गरेको छ । विगत जस्तै बजेट फिर्ता पठाउन काम हुने हाेकि भन्ने स्थानीयकाे आशंका छ ।

    विकासका काममा गुटगत जसलिन गरिने यस्ता होडबाजीले नागरिकले दुख पाउने गरेको नागरिक समाजको बुझाइ छ । नागरिक समाजका जीवनाथ शर्मा यो तहको तुच्छ राजनीतिले कसैलाई हित नगर्ने भन्दै विकासमा सहकार्य गर्न सुझाव दिन्छन् ।

    प्रतिक्रिया दिनुहोस