२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

कोरोना नियन्त्रणमा खिजीदेम्बाका यस्ता काम !

  • २०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • लिला सुनुवार/ओखलढुंगा- कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम कम गर्न खिजीदेम्बा गाउँपालिकाले सतर्कता अपनाउँदै प्रयास जारी राखेको छ ।
    हाल पालिकामा विरामीलाई अस्पतालसम्म पुर्याउन अक्सिजनसहितको एम्बुलेन्स सुचारु अवस्थामा छ । आपतकालिन प्रयोगका लागि ५ वटा अक्सिजन सिलिन्डर जगेडा गरिएको पालिका अध्यक्ष बेदबहादुर रोका बताउँछन् ।

    ५ शैयाको अस्थायी कोभिड अस्पतालमा स्वास्थ्यकर्मीहरु खटाइएको छ ।पालिकाभित्रका ५ वटा स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर जडान गरेको छ । पालिकाले रगनी स्वास्थ्य चौकी, खिजी चण्डेश्वारी स्वास्थ्य चौकी, खिजी फलाटे अस्पताल, खिजी काती स्वास्थ्य चौकी र रावादोलु स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र गौतमले बताए ।

    संक्रमित बिरामी अस्पताल वा क्वारेन्टाईनमा रहेको बखत बिरामी र एक जना कुरुवाका लागि निशुल्क खानाको व्यवस्था छ । गाँउपालिकाले एन्टिजेन्ट र भिटिएम किट खरिद गरेर कोरोना परिक्षण थालेको छ । संक्रमितहरुलाई स्वास्थ्य परार्मश दिन स्वास्थ्यकर्मी सहित जनप्रतिनिधी पनि टोलटोलमा पुग्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस