२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

एमाले कार्यकर्ताले सुनकाेसीलाई दिए ४ लाख बराबरकाे स्वास्थ्य सामग्री

  • २०७८ जेष्ठ २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सुनकाेसी गाउँपालिकाका एमाले कार्यकर्ताहरुले कोरोना संक्रमण रोकथामको अभियानमा  हातेमालो थालेका छन् । अभियानकाे पहिलाे चरणमा उनीहरुले जिल्लाकाे सुनकाेसी गाउँपालिकालाई ४ लाख बराबरकाे स्वास्थ्य सामग्री जुटाएर हस्तान्तरण गरेका छन् ।

    गाउँपालिकामा काेराेना संक्रमण विरुद्ध आवश्यक स्वास्थ्य सामग्री जुटाउन सुनकाेसीका एमाले नेता सुनिल खड्काकाे नेतृत्वमा केही पहिले  सुनकाेसी गाउँपालिका स्तरीय एक समिति नै बनेकाे थियाे ।समितिमा वडा अध्यक्ष झनक कार्की, देबेन्द्रबाबु राई, गाेबिन्द खड्का, तीर्थराज मगर, सुरेश घिमिरे, प्रचण्ड खड्का लगायत युवाहरु थिए ।

    युवा नेता सुनिल खड्काकाे अगुवाइमा शुरु गरिएकाे अभियानमा जुटेकाे रकमबाट भिटीएम किट अक्सीमिटर मास्क सेनिटाइज  गाउनजस्ता स्वास्थ्य सामग्री खरिद गरेर गाउँपालिका अध्यक्षमार्फत हस्तान्तरण गरिएकाे अभियान्ता खड्काले जानकारी दिए । उक्त समितिले विपद् व्यवस्थान तथा संकटमा पालिकामा सहकार्य गर्दै अड्ढि बढ्ने नीति लिएकाे छ ।

    गाउँपालिकामा हस्तान्तरण गरिएका सामग्रीहरु:-

    १‍‍. भिटिएम किट ५२० थान

    २. अक्सिजन सिलिण्डर ५ थान

    ३. पल्स अक्सिमिटर  १० थान

    ४. सर्जिकल मास्क ७५०० थान

    ५.  पञ्जा ७०० थान

    ६. गाउन १४ थान

    ७. सेनिटाइजर १०० लीटर, थप बाेतलम ७२ थान

     

    प्रतिक्रिया दिनुहोस