२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

बिहीबार थपिए ९ जना संक्रमित, ८० जना निकाे भएकाे स्वास्थ्य कार्यालयकाे भनाइ

  • २०७८ जेष्ठ २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लामा बिहीबार ९ जना काेराेना संक्रमित थपिएका छन् । एन्टिजेन विधीबाट गरिएकाे परिक्षणमा नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये एक जना पत्रकार रहेका छन् ।

    स्वास्थ्य कार्यालयका अनुसार ८० जना संक्रमित निकाे भएका छन् । उनीहरुकाे स्वास्थ्यमा कुनै समस्या नदेखिएकाे भनाइ छ । यसरी निकाे हुनेकाे संख्या जिल्लामा १९३ पुगेकाे बताइएकाे छ ।

    निकाे भएका विरामी सबैकाे पुन: परिक्षणबाट काेराेना भाइरसकाे संक्रमण नभएकाे निश्चित भने गरिएकाे छैन । केहीकाे परिक्षण भए धेरै जसाेमा समस्या नभएपछि त्यसै घर पठाइएकाे छ । सरकारकाे निर्देशिका अनुसार उपचार विधी प्रयाेग भएकाे कार्यालाय बताउँछ । स्थानीयले भने निकाे भएका विरामीकाे पनि अन्त्तिम पटक परिक्षण हुनु पर्ने माग राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस