२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

पूर्व विद्यार्थीहरुले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै

  • २०७८ जेष्ठ २३, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सदरमुकाम ओखलढुंगास्थित सगरमाथा जनता माविका पूर्व विद्यार्थीहरुले नगरपालिकाभरिका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दैछन् । २०४३ सालकाे एसएलसी व्याचका विद्यार्थीहरुकाे समुहले रकम संकलन गरेर अक्सिमिटर, थर्मल गन, पिपिइसेट सेनिटाइजर लगायत महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरणकाे तयारी छ ।

    आइतबार दिउँसाे विद्यालय प्राङ्गणमा विशेषज्ञ डाक्टरहरुबाट काेराेनाबारे स्वास्थ्य परामर्श तथा सामग्री हस्तान्तरण कार्यक्रम राखिएकाे २०४३ सालकाे एसएलसी व्याचका विद्यार्थी तथा एमाले नेता हंशराज वाग्लेले नागरिक मिडियालाई बताए ।

    सिद्धिचरणका मेयर माेहन श्रेष्ठकाे उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण हुने छन् ।

    प्रतिक्रिया दिनुहोस