२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

‘साइबर स्यालहरुले तानाशाह जोगाउन सक्दैनन्’ : सुदेश पराजुली

  • २०७८ जेष्ठ २७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- बालुवाटारबाट परिचालित साइबर स्यालहरुले गणतन्त्र र संविधान विरोधी तानाशाही केपी ओलिलाई जोगाउन नसक्ने चेतावनी अनेरास्ववियु केन्द्रिय कमिटी (माधव समुह) का अध्यक्ष सुदेश पराजुलीले दिएका छन् ।

    ‘वर्तमान राजनीतिक संकट, भावी चुनौति र विद्यार्थीहरुको भूमिका’ विषयक कार्यक्रममा गगन थापालाई वक्ताका रुपमा राख्दा ओलि पक्षका युवाहरुले गाली गलौज गरेको विषयप्रति लक्षित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

    हामीले लडेर ल्याएको गणतन्त्र जोगाउने दायित्व हाम्रो नै भएकाले सबै शक्ति एकजुट हुनुपर्नेमा उनले जोड दिए । महासचिव आरति लामाले ओलि प्रबृत्ति लोकतन्त्रका लागि घातक भएकाले उनको विस्थापन आवश्यक भएको भन्दै सशक्त प्रतिरोध आवश्यक रहेको बताइन् ।

    उक्त कार्यक्रम अखिलले आज दउिँसो २ बजेदेखि भर्चुअल रुपमा आयोजना गरेको छ । अहिले चलिरहेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, काँग्रेस नेता गगन थापा, एमाले नेतृ रामकुमारी झांक्री र माओवादी नेता लेखनाथ न्यौपानेले सम्बोधन गर्ने छन् ।

    प्रतिक्रिया दिनुहोस