२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

व्यक्तिगत सहयोगमा १ सय ४० विपन्नलाई राहत

  • २०७८ जेष्ठ २७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका ११ रामबजारका एक परिवारले व्यक्तिगत रुपमा १ सय ४० घरपरिवार विपन्नलाई राहत वितरण गरेका छन् ।

    रामबजारका स्थानीय जिन्दल श्रेष्ठ र उनका फुपूहरु निला श्रेष्ठ र यशोदा श्रेष्ठले जम्मा १ लाख ४० हजार बराबरको राहत वितरण गरेका हुन् ।
    सदरमुकाम आसपासका गाउँहरु भँडारे, गैरीगाउँ रुम्ती, मिलनचोक विक बस्ती, वितलव गरि चार गाउँका विपन्नलाई राहत सामाग्री दिएका हुन् ।

    राहत सामाग्रीमा चाउचाउ, बिस्कुट, च्यूरा, दालमोठ, मास्क, साबुन लगायतका सामाग्री दिएको राहत वितरण गर्ने मध्येका जिन्दल श्रेष्ठले बताए ।महामारीको कठिन परिस्थितिमा विपन्नलाई एक दिनका लागि भएपनि हातमूख जोड्न सजिलो होस भन्ने उद्देश्यले राहत दिएको दाताहरुको भनाई छ ।

    यो सामाजिक कार्य कसैको अनुरोधमा नभई स्वतस्फूर्त रुपमा गरिएको समेत उनीहरुले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस