२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

युथ फाउन्डेनद्वारा विपन्नलाई सहयाेग

  • २०७८ अषाढ ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- युवाहरुकाे सक्रियतामा स्थापित ओखलढुंगा युथ फाउन्डेशनले विपन्नलाई सहयाेग गर्ने अभियानलाई निरन्तरता दिएकाे छ । यस क्रममा सिद्धिचरण नगरपालिका- ३ जङ्गलेमा एकल महिला आमा कलिमाया भुजेललाई राहात बितरण गरिएको छ ।

    ती महिलालाई फाउन्डेसनले १ थान त्रिपाल ,१ थान म्याटिस, १ थान तन्ना, २ थान ब्ल्याङ्केट, २ बोरा चामल, १० पोका तेल, १ काटुन चाउचाउ, २ बट्टा हर्लिक्स, नुन,चिनि, चिया, साबन , सेनिटाइजर, माक्सलगायत वितरण गरिएकाे फाउन्डेशनका सुरज श्रेष्ठ नागरिक मिडियालाई बताए ।
    उनले भने, ‘केहिदिन आगाडी हामिलाई आएको एक भिडियो को आधारमा  फाउन्डेसनले सहयोग गर्न्ने निर्णय लिएकाे र उनकाे चुहिएकाे घरमा त्रिपाल हालेर मर्मत गरिएकाे छ ।’
    याे काममा फाउन्डेशनका अध्यक्ष ओम शाक्य,  पदाधिकारी प्रविण शाक्यलगायतकाे  अगुवाइमा भएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस