२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

एमाले कार्यदलको बैठक सिंहदरबार: सहमतिकाे अन्तिम कसरत

  • २०७८ अषाढ २२, मंगलबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं- नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यलदको बैठक सिंहदरबारमा सुरु भएको छ ।

    बैठकमा विगतमा कार्यदल तहमा गरिएका छलफल र सहमतिहरुलाई दस्ताजिकरण गर्ने र सुल्झिना बाँकी रहेका विषयमा छलफल गर्ने योजना रहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

    शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको अल्टिमेटम दिएको थियो । तर, वरिष्ठ नेता झलनाथ खनाल–माधव कुमार नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन ।

    अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्युँताएर पार्टी विवाद समाधान गर्न छलफल सुरु भएको छ । आजको बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने कार्यदलका सदस्यहरुले बताएका छन् ।

    कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा. भीम रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस