२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

ओखलढुंगामा प्रहरीको ‘मास्क खै ?’ अभियान

  • २०७८ श्रावण २३, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- कोरोनाको संक्रमणदर तीव्र हुँदै गएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एक साता लामो मास्क खै अभियान शुरु गरेको छ । जिल्लाका सरोकारवाला, नागरिक समाजका अगुवा लगायतको संलग्नतामा मास्क खै अभियान शुरु गरेको हो ।

    स्वास्थ्य मापदण्डमा लापार्वाही गरेको कारण कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रहरीले मास्क खै अभियान शुरु गरेको छ ।

    शनिबार देखि शुरु भएको अभियानमा प्रहरी, जनप्रतिनिधि, पत्रकार, प्रमूख जिल्ला अधिकारी लगायतको टोलीले सदरमुकामका बजारक्षेत्रमा मास्क वितरण गर्दै सबैलाई मास्क स्यानिटाइजारको अनिवार्य प्रयोगका लागि अनुरोध गरेको छ ।

    यो अभियानलाई बजारक्षेत्र मात्र नभएर एक साता सम्म प्रहरी चौकीहरु मार्फत गाउँगाउँमा पु¥याउने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफलेले बताए ।

    जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय ५१ पुगेको छ । संक्रमितमध्ये हालसम्म १ हजार ६ सय ६७ जना निको भएका छन् । संक्रिय संक्रमितको संख्या १ सय ७२ छ । कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

    लक्षण सहितका बिरामीहरू धेरै भएपनि परिक्षण नगराउने भएको कारण संक्रमण तीव्र भएका हो ।

    प्रतिक्रिया दिनुहोस