२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

नमुना काम: मूलखर्क विपद व्यवस्थापन सहयाेग समितिकाे राहत प्याकेज

  • २०७८ श्रावण २४, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सुनकाेसी गाउँपालिका ५ मा स्थानीय युवाहरुकाे सक्रियतामा गठन भएकाे मूलखर्क विपद व्यवस्थापन सहयाेग समितिले खाद्यन्न सामग्री सहयाेग गरेकाे छ । वडामा छनाैट भएका काेभिड १९ बाट प्रभावित विपन्न वर्गलाई राहत स्वरुप खाद्यन्न सहयाेग उपलब्ध गराएकाे हाे ।

    वडाबाट छनाैट गरिएका ३४ परिवारलाई ३० केजी चामल,दाल, नुन तेल लगायत खाद्य सामग्री सहयाेग गरेकाे वडा अध्यक्ष गाेविन्दराम तामाङले जानकारी दिए  ।

    सहयाेग समितिले जुटाएकाे रकमबाट सामग्री जुटाएर वितरण गरिएकाे हाे । स्थानीय दिपक तामाङकाे नेतृत्वमा गठन भएकाे समितिले वडाभित्र पर्ने विपद्का घटना तथा समस्याहरुकाे समाधानका लागि वडासँग समन्वय गर्दै आएकाे छ ।

    स्थानीयस्तरमा यसरी विपदमा सहकार्य गर्न समिति नै गठन भइ राहत तथा सहयाेगका काम शुरु हुनु प्रश‌ंशनीय कार्य भएकाले उनीहरुलाई साथ आवश्यक भएकाे सराेकारवालाकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस