२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

ओखलढुंगामा थपिए नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या २ सय ६

  • २०७८ श्रावण २५, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सोमबार ४ नयाँ कोरोना संक्रमित थपिएका छन् । सिद्धिचरण नगरपालिकामा गरिएको १४ जनाको एन्टिजेन परिक्षणका क्रममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमण पोजिटिभ देखिएका मध्ये सबै सिद्धिचरण नगरपालिका भित्रका रहेको निमित्त जिल्ला स्वास्थ्य प्रमुख मोहमद मन्सुरले जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै होम आईसोलेसनमा रहेका छन् ।

    जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय ८६ पुगेको छ । जसमध्ये १ हजार १ ८ जना पुरुषको संख्या रहेको छ भने ८ सय ६८ जना महिला रहेका छन् । संक्रमितमध्ये हालसम्म १ हजार ६ सय ६७ जना उपचारपछि निको भएका छन् ।

    हाल जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय ६ पुगेको छ । जसमा १२ जना संस्थागत आईसोलेसनमा र १ सय ९४ जना होम आईसोलेसनमा रहेका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ

    प्रतिक्रिया दिनुहोस