२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
छैन कतै पारदर्शिता

प्रदेशका कार्यालमा असारमा मात्रै ३३ प्रतिशत बजेट खर्च !

  • २०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लास्थित प्रदेश सरकार अन्र्तगतका कार्यालमा आर्थिक वर्षको अन्तिम महिना असारमै ६३ करोड ७० लाख ३४ हजार ४ सय १३ रुपैंया खर्च भएको छ । यो कुल बजेटको करिव ३३ प्रतिशत हो ।

    प्रदेश अन्तर्गतका कार्यालयमा आर्थिक वर्ष २०७७/०७८ जम्मा १ अर्ब ९२ करोड ९७ लाख ८० हजार तीन सय १० रुपैंया खर्च भएको छ । प्रदेश सरकार मातहतका १७ वटा कार्यालयले यी खर्च गरेका हुन् ।

    खर्च भएको रकममध्ये पू“जीगत तर्फ १ अर्ब ५१ करोड ९० लाख ६६ हजार तीन सय २० रुपैंया छ । विनियोजित बजेट मध्ये करिब ७२ प्रतिशत खर्च भएको प्रदेश लेखा ईकाई कार्यालयका प्रमूख ध्यानवीर राईले जानकारी दिए ।

    प्रदेशको बजेट खर्च गर्ने कार्यालयमध्ये सबैभन्दा धेरै बजेट पूर्वाधार विकास कार्यालयको छ । यो कार्यालयले सबैभन्दा बढी खर्च पूर्वाधार विकास कार्यालयले ५४ करोड ३८ लाख २५ हजार तीस रुपैंया खर्च गरेको छ । यो कूल बजेटको करिव २३ प्रतिशत हो ।

    यो कार्यालय अन्र्तगत सञ्चालित योजनाहरुको पारदर्शितामा जिल्लामा पटक पटक प्रश्न उठेपनि सार्वजनिक सुनुवाइ भएको छैन ।
    सबैभन्दा कम जिल्ला प्रहरी कार्यालयले ५ लाख खर्च गरेको छ । त्यसैगरि चालु तर्फ ४१ करोड ७ लाख १३ हजार नौ सय ९० रुपैंया खर्च भएको प्रदेश लेखा इकाई कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस