२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
ब्रेकिङ

ओखलढुंगामा काेराेना कहर: माेलुङका एक बृद्धकाे मृत्यु, मर्नेकाे संख्या १५ पुग्याे

  • २०७८ श्रावण ३१, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- मोलुङ गाउँपालिका ५ का एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्थानीय ८५ वर्षीय ती वृद्धको ओखलढुंगा सामुदायिक अस्पतालबाट डिस्चार्ज गरेर  लगिएपछि मृत्यु भएको हो ।

    साउन २८ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई डिस्चार्ज गरेर लगेका थिए ।

    याे सँगै स्वास्थ्य कार्यालय रुम्जाटारका अनुसार जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस