२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

खिजीदेम्वामा ३ जना परीक्षार्थीलाई काेराेना संक्रमण

  • २०७८ श्रावण ३१, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- खिजीदेम्वामा ३ जना कक्षा ११ का परीक्षार्थीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । कक्षा ११ काे परीक्षा दिएका उनीहरुमा आइतबार संक्रमण पुष्टि भएकाे हाे ।

    कक्षा ११ काे परिक्षा दिन फलाटे बजारमा बसेका  उनीहरुमा संक्रमण देखिएपछि विद्यार्थीमा समेत संक्रमण फैलिएकाे त्रास बढेकाे छ । सँगै बसेका ६ मध्ये ३ मा संक्रमण देखिएपछि फुलमति माविले अन्य तहका विद्यार्थीहरुलाई घरैमा बसेर अध्ययन गर्न आग्रह गरेकाे छ ।

    स्थानीयले भने परीक्षार्थी र समुदायमा समेत बृहत परीक्षण गर्न माग गरेका छन् । स्थानीय तह र प्रशासनका लापरवाहीले भीडभाड बढेकाे जनस्तरमा परिक्ष‍ण नगरिएकाे प्रति उनीहरुकाे आक्राेस छ ।

    सदरमुकाम लगायत जिल्लाभर निषेधाज्ञा उलंघन गर्ने क्रमसँगै संक्रमण समेत ह्वात्तै बढेकाे छ ।

    प्रतिक्रिया दिनुहोस