२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

महिलाको शंकास्पद मृत्यु, हत्या आराेपमा किटानी जाहेरी

  • २०७८ भाद्र २, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  खिजीदेम्वा गाउँपालिका वडा नं. ९ मा ५८ वर्षीया कमुनी शेर्पाको शंकास्पद मृत्यु भएको छ । मृतकका पाइतिपक्षबाट हत्या गरिएको भन्दै परिवारकै सदस्य विरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् ।

    साउन ३२ गते राती लडेर मृत्यु भएको प्रहरीले सुचना पाएको थियो । घटनास्थलमा प्रहरी पुग्दा स्थानीयले कुटपीटबाट मृत्यु भएको बताएको र अवस्था शंकास्पद भएकाले शव पोष्टपार्टमपछि अनुसन्धान.थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी गोविन्दराज काफ्लेले जानकारी दिए ।

    स्थानीयका अनुसार लडेर मरेको परिवारकै सदस्यले जानकारी गराएपछि रितपूर्वक अन्त्यष्टि गर्ने तयारी गरेको र एक स्थानीयले अनुहार हेरौं भनेर अनुहारबाट कपडा लिकाल्दा अनुहारमा चोटैचोट देखेर प्रहरीलाई खबर गरिएको थियो ।

    मृतकका छोरा विरुद्ध नै किटानी जाहेर आए पनि शंकास्पद अवस्थाको शव रहेकाले पोष्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट यकिन भएपछि मात्रै हत्या भए/नभएको यकीन हुने डिएस्पी काफ्लेले बताए ।

    उनले अनुसन्धानबाट हत्या यकिन भइनसकेकाले आरोपितको नाम उल्लेख गर्न चाहेनन् । मृतकको माइति पक्षका जाङ्बु शेर्पाले छोराले हत्या गरेको किटानी जाहेरी गरेका छन् । आरोपित छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस