२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

सभामुख सापकोटाको दाँतको सर्जरी

  • २०७८ भाद्र ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • काठमाण्डाैं-  सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । आज विहान ११: ४० बजे वीर अस्पतालको डेन्टल विभागमा माइनर ओरल सर्जरी गरिएको हो ।

    सर्जरी गरेर सभामुख सापकाेटाको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको सभामुखका प्रेस विज्ञ श्रीधर न्याैपानेले बताए। वीर अस्पतालको डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गरेकाे हाे ।

    सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमै आराम गरिरहेकाे बताइएकाे छ । 

    प्रतिक्रिया दिनुहोस