२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

डिजेल खन्याएर आत्मदाह गर्ने काे हुन् मिना ?

  • २०७८ भाद्र १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नं. ७ मा प्रहरीले सोमबार जलेर मरेको अवस्थामा शव फेला पार्यो । सामुदायिक वनमा शव नजिकै बोतल र सानो झोला समेत भेटियो ।

    मृतक महिलाले डिजेल खन्याएर आगो सल्काएर आत्महत्या गरेको अनुसन्धानका क्रममा थाहा भयो । प्रहरीका अनुसार ४० बर्षीया मिना कुमारी श्रेष्ठले शरीरमा डिजेल खन्याएपछि आगो लगाएर आत्मदाह गरेकी हुन् ।

    सोमबार बिहान घरदेखी करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ती महिलाले घरमा भएको प्रज्वलनशील पदार्थ डिजेल शरीरमा खन्याएपछि आगो लगाएर आत्माहत्या गरेकोे ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए ।

    महिलाले आत्माहत्या गरेको ठाउँमा डिजेल प्रयोग गरिएका बोतल तथा सानो झोला समेत फेला परेको छ । घटनापछि प्रहरीले मुचुल्का उठाएर शव पोष्टमाटमपछि परिवारको जिम्मा लगाएको छ । ती महिला केही समय अघि कोरोना संक्रमित भएर निको भएकी थिइन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस