२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
टिप्पणी: जेठ २ काे भाउँताेमा ओलि गुट

एमाले ओखलढुंगाकाे बैठक: फर्किएला जेठ २ मा ?

  • २०७८ भाद्र २१, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमाले विभाजनपछि कार्यन्वयनमा ल्याउन सर्कुलर गरिएकाे जेठ २ विवादास्पद बन्दै गएकाे छ । यसकाे मूलभूत शर्त भनेकाे सबै कमिटी तथा पदाधिकारी ०७५ जेठ २ भन्दा अघिकाे अवस्थाबाट सक्रिय हुने भन्ने हाे ।

    तर याे जेठ २ यस्ताे अवस्थामा जिल्लमा आइपुगेकाे छ कि अध्यक्ष ओलि सर्कुलर गर्छन् महासचिव पाेखरेल हुदैन भन्छन् ।

    जेठ २ मूलत सग्लाे एमाले बनाउने प्रस्ताव थियाे । शीर्ष तहमा सहमति पनि भयाे तर एमाले विभाजन नहुदासम्म कार्यन्वयन पनि गरिएन अनुमाेदन पनि भएन । भदाै २ गते माधव नेपालले नयाँ पार्टी दर्ता गर्न निर्वाचन कार्याललय तिर लागेकाे ३ दिनपछि यसलाई स्वीकारियाे ।

    यही परिणतिले एमाले विभाजन भयाे । अर्थात् जेठ २ एमाले जुटाउन १० भाइले ल्याएकाे मुद्दा हुन्छ हुन्छ भनेर ओलि गुटले विभाजनकाे भाउँताे बनाइ दियाे ।  यसरी आउँदै अपुराे भएर आएकाे जेठ २ कार्यन्वयन पनि हुदैन भन्ने तर्क धेरैले गरिरहेका छन् ।

    यही सन्दर्भमा एमाले ओखलढु‌ंगाकाे (आठाैं जिल्ला अधिवेशन) काे बैठक साेमबार शुरु गरिएकाे छ । शुरुमै याे वैठककाे अध्यक्षता बारे असन्तुष्टि पाेखियाे । ओलि गुटका केही नेता  गुट अध्यक्ष केदारबाबु बस्नेतलाई अध्यक्षता तपाइले गर्ने हाे भनेर उकास्न पनि लागेका थिए । यध्यपी त्यसाे नभएर माेहन श्रेष्ठले अध्यक्षता गरेकाे आयाे ।

    यस अघि एउटा कार्यक्रममा अतिथि आशन ग्रहण गर्न काे जाने भनेर ओलि गुटका विद्यार्थी नेता २४ घण्टा रुमलिए । आयाेजकले नै नस्वीकार्ने अवस्था आएपछि अखिलकाे निर्वाचित अध्यक्ष पठाइयाे ।

    अझ राेचक त १० वर्ष पहिले मात्रै जिल्लालाई एमाले मुक्त बनाउने घाेषणा गरेर एमाले नेता कार्यकर्ताहरुकाे हात खुट्टा भाँच्न लाठि लिएर हिडेकाहरुलाई अतिथि दिर्घामा राखेर मुठ्ठी उठाउनु पर्ने आपत मात्रै आइलागेकाे छैन । हिजाे जबज जलाउनेहरु अहिले एमालेकाे जबज पढाउने स्कुलमा मास्टरी गर्न आएका छन् ।

    त्यति मात्र हाेइन एमालेकाे सदस्यता आवेदन मात्रै दिएका स्वीकृत नभएका, कहिल्यै एमाले नभएकाहरुलाइ सडकबाट टिपेर नेता बनाइएकाहरुकाे जमातलाई त जेठ २ काउछाे नै भएकाे छ । त्यसैले याे आफैंमा अपुराे भएर आएकाे जेठ २ आज १ दिनका लागि मात्रै त हाेइन भन्ने आम चासाे पनि छ ।

    जेठ २ काे बटम लाइन र एमाले एकता अभियान चलाउने नेताहरुलाई  पनि यसकाे खार भर लागेकाे छैन । किनकी जेठ २ नस्वीकार्ने जिल्लाकाे ओलि गुटकाे आड भनेकाे ईश्वर पाेखरेल हुन् । उनले जेठ २ काे औचित्य सकियाे भनेर काठमाण्डाैबाट आज विराटनगर हानिएका छन् ।

    एमाले जनलाई अर्काे बाध्यता पनि छ । त्याे भने एमाले भए वापत् हाट खुट्टा भाच्न आउने र लाउनले आजकाे वैठककाे अथितिका रुपमा स्वीकार्नु पर्ने छ । किनकी जालझेलपूर्ण तरिकाले केही माओवादीमा लागेर सामािजक रुपमा ‘अराजक’ पहिचान बनाएका पात्रहरुलाई  उपल्लाे कमिटिमा पुर्याइएकाे छ ।

    तिनैलाई बिसाैं वर्ष एमालेमा बसेर पसिना बगाएकाहरुले नेता मानेर मञ्चमा अभिवादन गर्नु पर्ने बाध्यता आइलागेकाे छ ।  अझ राेचक त १० वर्ष पहिले मात्रै जिल्लालाई एमाले मुक्त बनाउने घाेषणा गरेर एमाले नेता कार्यकर्ताहरुकाे हात खुट्टा भाँच्न लाठि लिएर हिडेकाहरुलाई अतिथि दिर्घामा राखेर मुठ्ठी उठाउनु पर्ने आपत मात्रै आइलागेकाे छैन । हिजाे जबज जलाउनेहरु अहिले एमालेकाे जबज पढाउने स्कुलमा मास्टरी गर्न आएका छन् ।

    याे परिदृश्यमा ओखलढुंगामा जिल्लाकाे बैठक शुरु भएकाे छ । याे बैठकले गर्ने निर्णयले भाेलि नै देखिने छ कि याे जेठ २ एमाले एकता गर्न र सबैकाे भावना सम्बाेधन गर्न चर्चा गरिएकाे हाे कि ओलि गुटका अहिलेसम्मका अबैधानिक गतिविधलाई सुनपानी छरेर चाेख्याउने मात्रै ।

    अझ अर्काे कुरा हिजाे स‌ंसद विघटन राजनीतिक रुपमा प्रतिगमन उन्मुख र संवैधानिक रुपमा  खारेजीकाे बाटाेमा पुगेकाे र साेही मुद्दामा ओखलढुंगाका चाेक चाेकमा काेराेना कहरकाबीच कार्यकर्ता र मतदाता जम्मा पारेर एक अर्कालाई गरिएका ‘पाँडे गाली’ र आराेप कति शब्दमा आत्मालाेचना गरेकाे भनेर एमालेले माइन्यूटमा लेख्ने सहास गर्छ ? यस पछि नै जेठ २ कसरी  प्रकट हुन्छ प्रष्ट हुनेछ ।

    यस पछि पनि हिजाे छविलाल कार्कीदेखि गुरु लुइटेल सम्मकाे हत्याका घटनामा मुछिएका मात्रै हाेइन मानवअधिकार उलंघन कर्ताकाे सूचिमा सुचिकृतहरु एमालेकाे नेतृत्वमा रहँदा जबजकाे १४ विशेषतामध्येका ‘प्रेस स्वतन्त्रता र मानवअधिकारकाे रक्षा’ ले चाैतारीमा बसेर गिज्याउने मात्रै हाेइन उनीहरुलाइ पीडित परिवारले स्वागत गर्ने एमालेमा कस्ताे संस्कार विकास हुन्छ समयले देखाउला !

    प्रतिक्रिया दिनुहोस