२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
युवा संघ नेपालकाे जिल्ला कमिटी पुन:गठन

युवा संघ नेपालकाे अध्यक्षमा मनाेज मगर, काे काे छन् पदाधिकारी ?

  • २०७८ भाद्र २१, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा (एकिकृत समाजवादी)  निकट युवा संघ नेपालकाे जिल्ला अध्यक्षमा मनाेज मगर चयन भएका छन् । नेकपा (एकिकृत समाजवादी)  का नेता, युवा संघ नेपालका केन्द्रीय नेताहरुकाे उपस्थितिमा जिल्ला कमिटी घाेषणा गरिएकाे हाे ।

    जिल्ला पार्टी कार्यालय शुभारम्भसँगै नेकपा (एकिकृत समाजवादी) ले जनसंगठनहरुकाे कमिटी निर्माणकाे कामलाई प्रथामिकता दिएकाे छ ।

    जिल्ला कमिटी ७५ सदस्यीय घाेषणा गरिएकाे अध्यक्ष मगरले नागरिक मिडियालाई बताए । अन्य पदाधिकारीमा उपाध्यक्ष तथा पिपुल्स भाेलेन्टियर्स प्रमुखमा सुवास गुरुङ, सचिव इन्द्र श्रेष्ठ चयन भएका छन् । बाँकी पदाधिकारी बैठकबाट पछि चयन गिरने बताइएकाे छ ।

    युवा संघकाे घाेषणा कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) का  जिल्ला अध्यक्ष नेत्रप्रसाद भट्टराई, प्रदेश कमिटी सदस्य  हंशराज वाग्ले, उपाध्यक्ष मेखबहादुर खड्का, प्रदेश कमिटी सदस्य निर्मला श्रेष्ठ, उपसचिवहरु मावर सुनुवार र नरेन्द्र श्रेष्ठलगायत नेताकाे विशेष उपस्थिति थियाे ।

    कार्यक्रममा युवासंघका स्थायी कमिटी सदस्य सञ्जीप गुरुङ प्रमुख अतिथि, अनेरास्ववियू केन्द्रिय कमिटि सचिव दिपक फुयल विशेष अथिति तथा युवा संघका केन्द्रिय सदस्यहरु रविन शाक्य, याेगेश्वर राजभण्डारी, कृष्ण भुजेललगायतकाे उपस्थिति थियाे ।

    स‌ंघले पालिका र वडा स्तरमा संठगन निर्माणका कामलाई अघि बढाउने तयारी गरेकाे जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस